8 years ago
May 22, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत अन्तिम दुइ खेलमा ह्याट्रिक गर्दै टोटेनहम हट्स्परका स्टार स्ट्राइकर ह्यारी केनले गोल्डेन बुटको उपाधि हात पारेका छन्। लिग अवधिभर २९ गोल गरेका केनले सिजनको केहि समय चोटका कारण गुमाएका थिए।
प्रिमियर लिगका ३८ खेलमध्ये २९ खेलमा सुरुवात गरेका केनले कुल २५३६ मिनेट खेलेका थिए। उनले यस सिजन ४ ह्याट्रिक प्रहार गरेका थिए। उनले अन्तिम दुइ खेलमा प्रिमियर लिगको साविक विजेता लेस्टर सिटिलाई ४ र हाल सिटिलाई ३ गोल प्रहार गरे।
दोश्रो स्थानमा रहेका एभर्टनका रोमेलु लुकाकुले २५ गोल प्रहार गरे भने २४ गोल सहित आर्सनलका एलेक्सिस स्यान्चेज तेश्रो स्थानमा रहे। उपाधि विजेता चेल्सीका फरवार्ड डिएगो कोष्टा र म्यानचेस्टर सिटिका सर्जियो अगुएरो २० गोल सहित चौथो स्थानमा रहेका छन्।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]