8 years ago
May 22, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा ऐबारलाई ४-२ ले पराजित गरेपनिबार्सिलोना लिग तालिकाको दोश्रो स्थनमा रहँदै सिजनको अन्त्य गर्न बाध्य भएको छ। रियलले मालागालाई २-०ले पराजित गर्दै ३ अंक हासिल गरेपछि २०१६/१७को लिगको शीर्षस्थानमा रहँदै उपाधि हात पारेको हो।
खेलमा २ गोलले पछि परेको स्थितिलाई उल्टाउदै बार्सिलोनाले खेलमा जित दर्ता गर्यो। ताकासी इनुईले खेलको सातौं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए भने दोश्रो हाफको ६१औं मिनेटमा उनले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।
त्यसको २ मिनेट नबित्दै ऐबारका डेभिड जुनकाले आत्मघाती गोल गरेपछि खेलमा बार्सिलोनाले पुनरागमन गर्ने अवसर पाएको थियो। लिओनेल मेस्सीले ७०औं मिनेटमा पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याउने मौका गुमाएपछि बार्सिलोना हारतर्फ उन्मुख देखिएको थियो। तर, लुइस सुअरेजले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। अन्डेर कापाले खेलको दोश्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि ऐबार १० खेलाडीमा सिमित भएको थियो।
७५औं मिनेटमा मेस्सिले पेनाल्टीमार्फत गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले पुन: ९०औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित पारेका थिए।
यस जित संगै बार्सिलोनाले अंक तालिकामा ९० अंक जोड्यो भने रियल ९३अंक सहित शीर्षस्थानमा रहँदै लिग जित्न सफल रह्यो।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]