8 years ago
May 21, 2017
लिभरपुल (एजेन्सी)– प्रिमियर लिगको अन्तिम दिन आइतबार लिभरपुल र म्यानचेस्टर सिटीले जित हासिल गर्दै शीर्ष चारमा स्थान पक्का गरेका छन् ।
सिटीले वाटफर्डलाई ५–० ले हराउदै तेस्रो स्थानमा सिजन अन्त्य गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । घरेलु मैदानमा यसै सिजन रेलिगेसनमा परेको मडल्सब्रोलाई ३–० ले हराउदै लिभरपुल चौथो स्थानमा रह्यो । लिभरपुलले अर्को सिजन च्याम्पियन्स लिगको समूह चरणमा अटाउन प्ले अफमा अनुकुल नतिजा निकाल्नु पर्ने छ । त्यस्तै १० खेलाडीमा सिमित आर्सनलले एभर्टनलाई ३–१ ले हराएपनि पाचौ स्थानमा अन्त्य गरेपछि २० वर्ष यता पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाउन सकेन ।
वाटफर्डको मैदानमा पहिलो हाफमा ४ गोल गरेको सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनीले गोलको खाता खोलेका थिए , सर्जियो अग्वेरोले २ गोल गरे भने ग्याब्रियल जिसस र फन्र्यान्डिन्होले समान १ गोल गरे । त्यस्तै आर्सनललाई पछि पार्दै चौथो स्थान पक्का गरेको लिभरपुलका लागि जिनी वाईन्यान्डमले पहिलो हाफको अन्त्य अघि गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफमा ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो र एडम लालानाले गोल गरे ।
खेलको आठौ मिनेटमा हेक्टर बेलारिनले आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि एभर्टनको जवाफी हमलालाई रोक्न प्रयासरत लौरेन्ट कोसेस्न्लीले सोझै रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित रह्यो । आर्सनलका लागि स्यान्चेज र आरोन रामसेले थप गोल गरे भने लुकाकुले एभर्टनको एकमात्र गोल गरे ।
पाचौ स्थानमा सिजनको अन्त्य गरेको आर्सनलले अर्को सिजन युरोपा लिगको समूह चरणबाट प्रतिस्पर्धा गर्नेछ । आर्सने वेंगरको कार्यकालमा आर्सनलको यो सबै भन्दा खराब नतिजा हो ।
अन्तिम दिनको नतिजाहरु
आर्सनल ३-१ एभर्टन
बर्न्ली १-२ वेस्ट ह्याम
चेल्सी ५-१ सन्डरल्याण्ड
हाल १- ७ टोटेनह्याम
लेस्टर १-१ बोउर्नेमोथ
लिभरपुल ३-० मडल्सब्रो
म्यानचेस्टर युनाइटेड २-० क्रिस्टल प्यालेस
साउथह्याम्प्टन ०-१ स्टक
स्वान्सी २-१ वेस्ट ब्रोम
वाटफर्ड ०-५ म्यानचेस्टर सिटी
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]