default_image

8 years ago

May 21, 2017

नेपाल र मलेसियाबीच मैत्रीपूर्ण खेल भोली – कसले मार्ला बाजी ?

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ६ महिनामा नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेलमा दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ । त्यति बेला अपरिचित लाग्ने मलेसियालाई १–० ले हराएको नेपालका लागि यसपटक भने केही सहज देखिन्छ ।


एन्फा कम्प्लेक्सको मैदानमा त्यतिबेलाको खेल १–० ले जितेको नेपाल अहिले दुईवटा मैत्रीपूर्ण खेलका लागि मलेसिसया पुगेको छ । एकपटक खेलिसकेको टोलीसँग पक्कै पनि नेपाली टोलीको मनोबल पक्कै उच्च रहनुपर्छ । यी दुई टोलीबीच सोमबार र बुधबार खेल हुनेछ ।

मलेसियाकै खेलबाट राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा ‘डेब्यू’ गरेका कुमार थापा अहिले पनि टोलीमा छन् । अधिकांश उही खेलाडी र प्रशिक्षकसहित मलेसिया पुगेको नेपालका लागि यसपटक मैदानमात्र फरक हुनेछ । प्रशिक्षक थापा भन्छन् ‘हामी दुवै खेल जित्नेमा विश्वस्त छौं ।’

मलेसियासँगको मैत्रीपूर्ण खेलपछि थापाकै नेतृत्वमा नेपालले साफ महिला च्याम्प्यिनसिप खेलेको थियो । यद्दपी त्यो च्याम्पियनसिप नेपालका लागि केही व्यक्तिगत सफलता बाहेक सम्झनलायक रहेन ।

तीन पटकको उपविजेता रहेको नेपाल यसपटक सेमिफाइनलबाटै बाहिरियो । तथापी नेपालले दाबेदारको छवि भने बनाएकै थियो । अहिले टोलीमा एक खेलाडीको मात्र परिवर्तन छ । दीपा अधिकारीको ठाँउमा सजना रानाले मौका पाएकी छिन् ।

सजनाको आगमनले टोलीमा थप उर्जा भरिएको प्रशिक्षक थापाको ठम्माई छ । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार राती ६ बजे सुरु हुनेछ ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.