8 years ago
May 21, 2017
बार्सिलोना (एजेन्सी) – ला लिगाको उपाधि जित्न बार्सिलोनाको संभावना कठिन भएपनि क्लबको इतिहासमा एक सिजनमा सबै भन्दा धेरै गोल गर्ने किर्तिमान भने बार्सिलोनाले तोड्ने संभावना छ ।
२०१२ / १३ मा गरेको ११५ गोल बार्सिलोनाले ला लिगाको एकै सिजनमा गरेको सर्वाधिक गोल हो । यो सिजनको अन्तिम खेल खेल्दा बार्सिलोनालाई आफ्नो तथ्याङ्क सुधार्ने मौका मिल्ने छ । बार्सिलोनाले १ खेल बाँकी रहदा ११२ गोल गरेको छ जसमध्य ‘एमएसएन’ (मेस्सी , स्वारेज र नेइमार) को जोडीले १०५ गोल गरेको छ ।
बार्सिलोनाले लिग अन्तर्गत आफ्नो घरेलु मैदानमा अन्तिम खेलमा ऐबारको सामना गर्दै छ । त्यस्तै पाहुना टोली ऐबारले बार्सिलोनालाई हराउदै आठौं स्थानमा सिजन अन्त्य गर्ने अवसर छ । अघिल्लो सिजन १४औँ स्थानमा अन्त्य गरेको ऐबारको इतिहासमा आठौँ स्थान ला लिगामा अहिलेसम्मको सबै भन्दा राम्रो नतिजा हुनेछ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]