8 years ago
May 21, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती यस सिजनको अन्तिम चरणका खेलहरु खेलिंदै छन्। चेल्सीले लिग उपाधि जितिसकेको र घटुवामा पर्ने ३ टोलीको पनि छिनोफानो भइसकेको अवस्थामा सबैको आँखा अब शीर्ष ४ मा पर्ने टोलीमाथि रहेको छ।
शीर्षस्थानमा रहेको चेल्सीले ३७ खेलमा ९० अंक जोड्दै उपाधि आफ्नो पोल्टामा पारिसकेको छ भने ८३ अंक बोकेको टोटेनहमले पनि दोश्रो स्थान पक्का गरिसकेको छ। तर, तेश्रो र चौथो स्थानको टुंगो लगाउन भने अन्तिम चरणको नतिजा कुर्नुपर्ने अवस्था रहेको छ। ३ अंकको दुरीमा रहेका ३ ठुला क्लबले शीर्ष ४मा रहँदै च्याम्पियन्स लिग खेल्ने सपना बुनेका छन्।
तेश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७५ अंक रहेको छ भने चौथो स्थानमा रहेको लिभरपुलले ७३ अंक जोडेको छ। ७२ अंक बोकेको आर्सनल भने आफूभन्दा माथि रहेको टोलीले खराब नतिजा निकाले माथि चढ्ने दाउमा छ।
यसबाहेक सन्डरल्याण्ड, मिडल्सब्रो र हल सिटि अघिल्लो सातानै रेलिगेसनमा पर्ने टुंगो लागिसकेको छ। साविक विजेता लेस्टर सिटि अहिले ११औं स्थानमा छ र उसले यसै स्थानमा लिगको अन्त्य गरे च्याम्पियन टोलीको सबैभन्दा खराब प्रदर्शनमा लेस्टरको नाम जोडिनेछ। गत सिजन साविक विजेता चेल्सीले १०औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]