8 years ago
May 21, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा रियल म्याड्रिडले मालागाको मैदानमा आफ्नो लिगको अन्तिम चरणको खेल खेल्दैछ। दोश्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ३ अंकको अग्रता बोकेको म्याड्रिडलाई यस खेलबाट कम्तिमा १ अंक आवश्यक रहेको छ।
रियल म्याड्रिडले चोटका कारण विगतका केहि खेल गुमाएका स्टार विङ्गर ग्यारेथ बेल, राइट ब्याक ड्यानी कर्भाजल, डिफेन्डर पेपे लगायतका खेलाडीहरुलाई मालागा जाने टोलीमा बोलाएको छ। यद्दपी प्रशिक्षक जिदानले उनीहरुलाई सुरुवाती एघारमा खेलाउनेमा भने ठुलो शंका छ। अर्को साता हुने च्यामपियन्स लिगको फाइनल खेलका लागि मनोवैज्ञानिक रुपमा तयार पार्न टि खेलाडीलाई समावेश गरीएको स्पेनिस मिडियाको बुझाइ छ।
मालागाले घरेलु मैदानमा खेलेको पछिल्ला ४ खेलमा जित हासिल गरेको छ। उसले यस दौरानमा बार्सिलोना, भ्यालेन्सिया, सेभिल्ला र सेल्टा भिगोलाई पराजित गरेको थियो। उसले आफुले खेलेको पछिल्ला ५ खेलमा कम्तिमा पनि २ गोल प्रहार गरेको छ। यता रियल म्याड्रिड भने मालागाको घरेलु मैदानमा खेलिएको पछिल्ला १६ मध्ये १५ खेलमा अपराजित रहेको छ। उसले आफुले खेलेको पछिल्ल ३ खेलमा कम्तिमा पनि ४ गोल प्रहार गरेको छ।
पहिलो चरणको खेलमा रियलले मालागालाई २-१ले पराजित गरेको थियो। उक्त खेलमा रियलका लागि दुवै गोल सर्जियो रामोसले गरेका थिए। खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]