8 years ago
May 21, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आफ्नो घरेलु मैदानमा ऐबारको सामना गर्दै छ। अंक तालिकामा ३ अंकले पछाडी रहँदै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई उपाधि सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ ।
सिजनको अन्तिम खेल खेल्दै गर्दा बार्सिलोनालाई जितको नतिजा मात्र अपुग छ । शीर्षस्थानको रियल म्याड्रिडले मालागासँगको खेल हारेमात्र बार्साको जित उपाधी जित्न सार्थक बन्नेछ। रियलले मालागासँग कम्तिमा १ अंक मात्र जोडे पनि रियलले स्वतः २०१२ यता पहिलो पटक ला लिगाको उपाधी जित्ने छ ।
ला लिगाको अन्तिम दिनसम्म आइपुग्दा रियलको ९० अंक छ भने बार्सिलोनाले ८७ अंक जोडेको छ। बार्सिलोनाले अन्तिम खेल जित्दै रियलको हातमा अनुकुल नतिजा नआए दुवैको समान ९० अंक हुनेछ र बार्सिलोनाले ‘हेड टु हेड’ का आधारमा उपाधी जित्नेछ ।
लुइस एनरिकेको ला लिगामा बार्सिलोनाको प्रशिक्षकको रुपमा यो लिगको अन्तिम खेल हुनेछ । उनले यसअघि सिजनको अन्त्यमा आफ्नो सम्झौताको अन्त्यसँगै बार्सिलोना छाड्ने निर्णय सार्वजनिक गरेका थिए । एनरिकेको तिन वर्षीय कार्यकालमा बार्सिलोनाले हालसम्म ८ उपाधि जितेको छ भने कोपा डेल रेको फाइनलमा अर्को १ उपाधि थप्ने अवसर लुइस एनरिकेलाई छ ।
त्यस्तै पाहुना टोली ऐबारले बार्सिलोनालाई हराउदै आठौ स्थानमा सिजन अन्त्य गर्ने अवसर छ । अघिल्लो सिजन १४औँ स्थानमा अन्त्य गरेको ऐबारको इतिहासमा आठौँ स्थान ला लिगामा अहिलेसम्मको सबै भन्दा राम्रो नतिजा हुनेछ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]