default_image

8 years ago

May 21, 2017

मोनाकोलाई फ्रेन्च लिग; पीएसजी दोश्रो स्थानमा

117 views

0 Bookmark

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ८ अंकले पछि पार्दै ए.एस. मोनाकोले फ्रेन्च लिगको उपाधि जितेको छ। गतसाता मार्सेलाई २-०ले पराजित गरेसँगै मोनाकोको जित पक्का भएपछि उसलाई उपाधि प्रदान गरिएको थियो।

अन्तिम चरणको खेलमा मोनाकोले स्टाद रेन्नेसलाई ३-२ले पराजित गर्दै लिग सिजनलाई सुखद अन्त्य गरेको छ। मोनाकोका लागि फबिन्हो, जेमर्सन र योर्गेले गोल गरेका थिए।

यसैगरी पीएसजीले भने आफ्नो लिगको अन्तिम खेलमा केनसंग १-१को बराबरी खेल्यो। एड्रीएन राबिओले पेरिसका लागि खेलको एकमात्र गोल गरेका थिए।

मोनाकोले ३८ खेलमा ३० जित, ५ बराबरी र ३ हारसँगै कुल ९५ अंक जोड्दै सिजन अन्त्य गर्यो भने पेरिसले २७ जित, ६ बराबरी र ५ हारको सामना गर्यो उसले कुल ८७ अंकमात्र जोड्न सक्यो। तेश्रो स्थानमा रहेको निसले ७८ अंक जोड्यो भने चौथोमा रहेको लियोंको ६७ अंक रहेको थियो।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.