8 years ago
May 20, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने अन्तिम चरणको खेलका लागि रियल म्याड्रिडले आफ्नो टोलीको घोषणा गरेको छ। मालागाविरुद्द अवे मैदानमा हुने खेलको लागि रियलले २५ सदस्यीय प्रारम्भिक टोलीको नाम जारी गरेको छ।
चोटका कारण विगतका केहि खेल गुमाएका स्टार विङ्गर ग्यारेथ बेल, राइट ब्याक ड्यानी कर्भाजल, डिफेन्डर पेपे लगायतका खेलाडीहरुले टोलीमा पुनरागमन गरेका छन्। यद्दपी प्रशिक्षक जिदानले उनीहरुलाई सुरुवाती एघारमा खेलाउनेमा भने ठुलो शंका छ। अर्को साता हुने च्यामपियन्स लिगको फाइनल खेलका लागि मनोवैज्ञानिक रुपमा तयार पार्न टि खेलाडीलाई समावेश गरीएको स्पेनिस मिडियाको बुझाइ छ।
गोलरक्षकमा केलर नाभास, किको कासिला र रुबेन यानेजको नाम छ भने डिफेन्समा कार्भाजल, पेपे, सर्जियो रामोस, राफेल भारान, नाचो फर्नान्डेज, मार्सेलो, कोएन्ट्राओ र ड्यानिलो रहेका छन्। मिडफिल्डर टोनी क्रुस, हामेस रोड्रीग्वेज, क्यसेमिरो, माटियो कोभाचिच, लुका मोड्रीच, मार्को एसेन्सियो र एन्जो जिदान पनि टोलीमा रहेका छन्। फरवार्ड क्रिस्टियन रोनाल्डो, क्रिम बेन्जेमा र इस्कोसँगै ग्यारेथ बेल, अल्भारो मोराटा, लुकास भाज्केज र मरियानोको नाम समावेश गरिएको छ।
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]
January 18, 2025
अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]