8 years ago
May 20, 2017
ब्राजिल (एजेन्सी) – मेलबर्नमा हुने मैत्रीपुर्ण खेलकालागि छानिएका ब्राजिलियन टोलीमा नेइमार लगायतका अन्य चर्चित अनुहारहरु समेटिएका छैनन् । खेलाडीलाई विश्राम दिदै ब्राजिलका प्रशिक्षक टिटेले नेइमारलाई अर्जेन्टिना र अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेलमा समावेश गरेका छैनन् ।
त्यस्तै सामान्य घाइते भएका लिभरपुलका रोबर्टो फर्मिनोलाई पनि टिटेले आराम गर्ने मौका दिएका छन् । मार्किनोस , मिरान्डा , मार्सेलो र ड्यानी अल्भेस पनि खेल्ने छैनन् ।
उनिहरुको स्थानमा मोनाकोका सेन्टर ब्याक जेमर्सन र कोरिन्थियान्सका मिडफिल्डर रोड्रीग्युनोले पहिलो पटक ब्राजिलको टोलीमा मौका पाएका छन् । त्यस्तै चेल्सीका डेभिड लुइज र सिटीका ग्याब्रियल जिससले पुनः स्थान पाएका छन् ।
ब्राजिलले अर्जेन्टिनासँग जुन ९ मा र त्यसको ४ दिन पछि अस्ट्रेलियासँग मेलबर्न क्रिकेट मैदानमा सामाना गर्ने छ ।
ब्राजिलको टोली
गोलकिपर : डिएगो अल्भेस (भ्यालेन्सिया), वेभेल्टन (एथलेटिको-पीआर) , एडर्सन(बेन्फिका)
डिफेनडर : डेभिड लुइज (चेल्सी) , गिल (सान्ड़ोंग लुनेन्ग) , जेमर्सन(मोनाको), रोड्रीगो कावो (सा पोलो) , थिएगो सिल्भा (पीएसजी) , एलेक्स सान्ड्रो(युभेन्टस) , फ्याग्नर (कोरिन्थियान्स), फिलिपे लुइस (एथलेटिको म्याड्रिड), राफिना (बायर्न म्युनिख)
मिडफिल्डर : फर्नान्डिनो (म्यानचेस्टर सिटी), गयुलियानो (जेनित) , लुकास लिमा (सान्तोस) , पौलिन्हो (ग्वानजौ एभरग्रेनेड) , कौटिन्हो(लिभरपुल) , रेनाटो अगस्टो (बेइजिङ गुओन) , रोड्रीग्युनो (कोरिन्थियान्स), विलियन (चेल्सी)
स्ट्राइकर : डिएगो सौजा (एथलेटिको-पीआर), डोगलस कोस्टा (बायर्न म्युनिख) , ग्याब्रियल जिसस (म्यानचेस्टर सिटी), टाईसन (शाक्तार डोनेस्क)
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]