8 years ago
May 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा हुने ललित स्मृति यू-१८ फुटबल प्रत्तियोगिता २०७४को आज एक कार्यक्रम बीच समूह बिभाजन गरिएको छ।
ललित स्मृति यु-१८ उपाधिका साथ आर्मीका खेलाडी ।
१६ टोलीले भाग लिने यस प्रतियोगितामा थ्री स्टारको उपस्थिति रहेने छैन। जेठ १३ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल जेठ २९ गते हुनेछ।
रुस्लान थ्री स्टार क्लबका अध्यक्ष एवं एन्फाका कार्यवाहक अध्यक्ष रहेका ललित कृष्ण श्रेष्ठको स्मृतिमा योजना गरिंदै आएको प्रतियोगिताको यो दोश्रो संस्करण हो। गतवर्ष आयोजना भएको पहिलो संस्करणमा आर्मीले जगदम्बा लुम्बिनीलाइ फाइनलमा पराजित गरेको थियो। त्यसबेला थ्री स्टारको यात्रा समूह चरणमै समाप्त भएको थियो। श्रेष्ठको २०७२ जेठ २९ गते आफ्नै निवासमा करेन्ट लागेर निधन भएको थियो।
प्रतियोगिताको समूह बिभाजन यसप्रकार छ:
समूह ‘ए’:
झापा एघार एफ.सी.
नेपाल एपीएफ क्लब
सरस्वति युवा क्लब
च्यासल युवा क्लब
समूह ‘बि’:
त्रिभुवन आर्मी क्लब
फ्रेन्ड्स क्लब
लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी
सुदूरपश्चिमांचल फुटबल
समूह ‘सी’:
जगदम्बा लुम्बिनी क्लब
जावलाखेल युवा क्लब
हिमालयन शेर्पा क्लब
न्यु रोड टिम
समूह ‘डी’:
सिएमजी संकटा
नेपाल पुलिस क्लब
ब्रिगेड ब्वाइज क्लब
मोरङ एफसी
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]