default_image

8 years ago

May 19, 2017

थ्री स्टारले ललित स्मृति पनि नखेल्ने

103 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघसँगको विवादका कारण लामो समयदेखि फुटबल गतिविधिबाट टाढिंदै आएको रुस्लान थ्री स्टार क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा पनि सहभागिता नजनाउने भएको छ।

आज एन्फा कम्प्लेक्समा एक कार्यक्रमबिच जारि गरिएको टाईसिट ड्रमा थ्री स्टारको उपस्थिति रहेको थिएन। १६ टोलीले भाग लिने यस प्रतियोगिता जेठ १३ गतेदेखि सुरु हुने एन्फाले जनाएको छ। प्रतियोगिताकोफाइनल खेल जेठ २९ गते हुनेछ।

रुस्लान थ्री स्टार क्लबका अध्यक्ष एवं एन्फाका कार्यवाहक अध्यक्ष रहेका ललित कृष्ण श्रेष्ठको स्मृतिमा योजना गरिंदै आएको प्रतियोगिताको यो दोश्रो संस्करण हो। गतवर्ष आयोजना भएको पहिलो संस्करणमा आर्मीले जगदम्बा लुम्बिनीलाइ फाइनलमा पराजित गरेको थियो। त्यसबेला थ्री स्टारको यात्रा समूह चरणमै समाप्त भएको थियो। श्रेष्ठको २०७२ जेठ २९ गते आफ्नै निवासमा करेन्ट लागेर निधन भएको थियो।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.