8 years ago
May 19, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत बिहिबार रातीको खेलमा स्चार फर्वार्ड ह्यारी केन एक्लैले ४ गोल गरेपछि टोटेनहम हट्सपरले साविक विजेता लेष्टर सिटीलाई ६-१ले पराजित गरेको छ।
आजको खेलसँगै यस सिजन प्रिमियर लिगकै सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा पुगेका केनले पहिलो हाफमा १ र दोश्रो हाफमा ३ गोल गरेका थिए। टोटेनहमको अन्य २ गोल भने सन ह्युङ मिनको नाममा रह्यो।
२५औं मिनेटमा खेलको पहिलो गोल गरेका केनले ६३औं मिनेटमा दोश्रो गोल गरेका थिए। उनले ८८औं मिनेटमा ह्याट्रीक पुरा गर्दै इन्ज्युरी समयको दोश्रो मिनेटमा चौथो गोल गरेका थिए। सनले खेलको ३६औं र ७१औं मिनेटमा गोल गरेका थिए।
चोटका कारण सिजनका २९ खेल मात्र खेलेका केनले २६ गोल प्रहार गरेका छन्। दोश्रो स्थानमा रहेका रोमेलु लुकाकुको २४ गोल रहेको छ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]