8 years ago
May 18, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-१ले पराजित गर्दै बार्सिलोनासंग ३ अंकको अग्रता कायम गरेको छ।
सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो। पहिलो हाफमा १-०को अग्रता बनाएको म्याड्रिडले दोश्रो हाफमा ३ गोल थपेको थियो।
दोश्रो हाफको सुरुवातमा रोनाल्डोले व्यक्तिगत दोश्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर पारे। इयागो आस्पासले ६२औं मिनेटमा दोश्रो पहेंलो कार्ड पाएपछि सेल्टा १० खेलाडीमा सिमित भएको थियो। तर जोन गुडेटिले ६८ औं मिनेटमा गोल गर्दै सेल्टालाई खेलमा फर्काउने प्रयास गरेका थिए।
करिम बेन्जेमाले ७०औं मिनेटमा गोल गर्दै म्याड्रिडको दुई गोलको अग्रता पुन:स्थापना गरे। टोनी क्रुसले खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिडको जित सुनिश्चित पारे।
यस जितसँगै रियलले बार्सिलोनालाई उछिन्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। लिग अन्तर्गत अन्तिम चरणका खेल मात्र बाँकी रहेको अवस्थामा रियललाई उपाधि जित्न १ अंकको आवश्यकता छ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]