8 years ago
May 17, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार हुने खेलमा रियल म्याड्रिडले सेल्टा भिगोको मैदानमा आफ्नो लिगको ३७औं खेल खेल्दैछ। समान अंक बोकेको बार्सिलोनालाई लिगको शीर्षस्थानमा उछिन्ने दाउमा रहेको म्याड्रिडले यस खेल जितेमा लिगको अन्तिम खेलमा बराबरीमात्र गरेपनि लिग उपाधि जित्नेछ।
गतसाता युरोपा लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएसँगै सेल्टाले आफ्ना महत्त्वपूर्ण खेलाडीहरुलाई लिग खेलमा विश्राम दिएको थियो। यस खेलका लागि इआगो आस्पास, जोन गुडेटि, क्लाउडियो बोभु र पिओने सिस्टोले सेल्टाको आक्रमण सम्हाल्नेछन्।
रियल म्याड्रिडले ग्यारेथ बेल र ड्यानी कार्भाजललाई चोटका कारण गुमाउने पक्का छ भने नाचो फर्नान्डेज सेभिल्लासँगको खेलमा पहेंलो कार्ड खाएसँगै यस खेलमा प्रतिबन्धित रहेका छन्। हामेस रोड्रीग्वेजले खुट्टामा लागेको सामान्य चोटका कारण प्रशिक्षणमा सहभागी भएनन्, त्यसैले उनलाई आजको खेलमा प्रशिक्षक जिदानले विश्राम दिएका छन्।
सेल्टाले ला लिगामा आफुले खेलेको पछिल्लो ५ खेल हारेको छ भने उसले घरेलु मैदानमा खेलेका पछिल्ला ३ खेलमा गोल गर्न सकेको छैन। यता रियलले आफ्नो पछिल्ला ७ मध्ये ६ खेलमा कम्तिमा ३ गोल हानेको छ।
रियल म्याड्रिडले कोपा डेल रेमा सेल्टा भिगोसंग पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
खेल नेपाली समयानुसार मध्यरातको १२:४५ बजे सुरु हुनेछ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]