default_image

8 years ago

May 17, 2017

लेबनानसँगको खेल रद्द भएपछि भारतले नेपाल रोज्यो

96 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी जुन ६ तारिखमा मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्समा भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। 

प्रशिक्षणमा व्यस्त नेपाली टोली

भारतले जुन ७ तारिखमा लेबनानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएपनि भारत सरकारले लेबनानका खेलाडीहरुलाई ‘अन अराइभल’ भिसा दिन नमानेपछि अल इन्डिया फुटबल फेडेरेसन (ए.आइ.इफ.एफ)ले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको थियो। लेबनानले आफ्ना अधिकांश खेलाडीहरु विदेशी लिगमा खेल्ने र अन अराइभल भिसा प्राप्त भएमात्र खेल्न आउन सक्ने जानकारी दिएको थियो। तर, भारत सरकारले कुनै हालतमा उक्त भिसा उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि लेबनानसंगको खेल रद्द भएको थियो।

भारतले एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत जुन १३मा हुने खेलमा किर्गिस्तानको सामना गर्दैछ। प्रशिक्षक स्टेफन कन्सट्यान्टाइनले उक्त खेलको तयारीका लागि प्रारम्भिक छनोटमा ३५ खेलाडीलाई बोलाएका छन्। भर्खरै सम्पन्न आइ-लिगको प्रदर्शनका आधारमा उनले खेलाडी बोलाएका हुन्।

भारतले पहिलो खेलमा म्यानमारलाई उसकै मैदानमा १-०ले हराएको थियो।  सुनिल क्षेत्रीले खेलको अन्तिम मिनेटमा गरेको गोलको मद्दतले भारतले ३ महत्वपूर्ण अंक हासिल गरेको थियो।  भारत आफ्नो समूहको शीर्षस्थानमा रहेको छ।

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । सोमबार बिहान सम्पन्न खेलमा मायमीले एट्लान्टा युनाइटेलाई २–१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी तथा फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि भने इमानुएल लाटे लाथले सान्त्वना गोल गरे । खेलमा अग्रता भने […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

March 17, 2025

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]

Success

Thank you for your time.