default_image

8 years ago

May 17, 2017

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

95 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यहि जुन ६ तारिखमा भारतको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मुम्बईमा खेलिने खेल दुवै टोलीका लागि एसियन कप २०१९को छनोट खेलको राम्रो तयारी हुनेछ। अल इन्डिया फूटबल फेडेरेसनको निम्तोमा उक्त खेल आयोजना हुन लागेको हो।

नेपालले जुन १३मा एसियन कप २०१९को छनोट चरणको दोर्सो खेलमा यमनको सामना गर्दै छ। हल्चोकमा हुने उक्त खेलको लागि राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गरिसकेको छ। प्रारम्भिक प्रशिक्षणमा बोलाईएका ३२ मध्ये ३ खेलाडी उपस्थित हुन सकेका  छैनन्। रबिन श्रेष्ठ चोटका कारण बाहिर छन् भने किरण चेमजोङ र रोहित चन्द बिदेशी क्लबसंग आबद्द छन्।

भारतले जुन ७ तारिखमा लेबनानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएपनि भारत सरकारले लेबनानका खेलाडीहरुलाई ‘अन अराइभल’ भिसा दिन नमानेपछि अल इन्डिया फुटबल फेडेरेसन (ए.आइ.इफ.एफ)ले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको थियो।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.