default_image

8 years ago

May 17, 2017

म्यानचेस्टर सिटी तेश्रो स्थानमा उक्लियो

99 views

0 Bookmark

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत मंगलबार रातीको खेलमा वेष्ट ब्रमविच आल्बियानलाई ३-१से पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ।

खेलको २७औं मिनेटमा केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गर्दै ग्याबरिएल जेससले सिटीलाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेट नबित्दै जेससको पासमा केभिनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।

दोश्रो हाफको ५७औं मिनटेमा याया टुरेले गोल गर्दै सिटीलाई थप बलियो बनाएका थिए। निर्धारीत समय सकिन तिन मिनेट बाँकी रहँदा हल रब्सन कानुले वेष्ट ब्रमका लागि सान्तवना गोल गरे।

जितसँगै म्यानचेस्टर सिटी ३७ खेलमा ७५ अंक जोड्दै तेश्रो स्थानमा उक्लिएको छ। लिभरपुल ३७ खेलमा ७३ अंकका साथ चौथोचौथो र पाँचौ स्थानमा ७२ अंक जोडेको आर्सनल रहेको छ।

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.