8 years ago
May 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जेष्ठ ८ र १० गतेका दिन मलेसियाविरुद्ध हुने २ मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अन्तिम नामावली एन्फाले सार्वजनिक गरेको छ।
दुइ सातायता प्रशिक्षणमा रहेको टोलीबाट २० खेलाडी अन्तिम छनोटमा परेका हुन्। गत डिसेम्बरमा भारतमा आयोजना भएको साफ च्याम्पियनसिपको लागि घोषित टोलीबाट प्रशिक्षक कुमार थापाले एक खेलाडी परिवर्तन गरेका छन्।
चोटका कारण १ वर्षदेखि विश्राममा रहेकी मिडफिल्डर सजना रानाले टोलीमा पुनरागमन गरेकी छिन भने आर्मी क्लबकी दिपा अधिकारीको नाम अन्तिम नामावलीमा अटेको छैन।
अन्तिम छनोटमा परेका २० खेलाडीको नाम यस प्रकार छ:
अन्जली थुम्बा सुब्बा
नमिता कुमारी दली
अन्जना राना मगर
अन्जली वाईबा
मन माया लिम्बु
पुनम जर्ग मगर
गीता राना
कविता धिमाल
सपना लामा
दिपा राई
अनिता बस्नेत
सजना राना मगर
रेनुका नगरकोटी
अन्जली योन्जन
सावित्रा भण्डारी
कृष्णा खत्री
शर्मिला थापा
निर्मला बिक
सरु लिम्बु
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]