8 years ago
May 16, 2017
लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राती चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको लिग खेलमा वाटफर्ड ४-३ गोलअन्तरले पराजित भएको छ। लिग उपाधि पक्का गरिसकेको अवस्थामा प्रशिक्षक कोन्टेले केहि मुख्य खेलाडीलाई विश्राम दिएका थिए।
खेलको २२औं मिनेटमा कप्तान जोन टेरीले विलियनको कर्नरबाट आएको बललाई पोष्टको दिशा दिंदै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, त्यसको १ मिनेट नबित्दै टेरीको गल्तीको फाइदा उठाउँदै वाटफर्डका लागि एटिएन कपुएले बराबरी गोल गरे। ३६औं मिनेटमा सेजार एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीलाई पुन: अग्रता दिलाएका थिए।
पछिल्लो खेलमा वेष्ट ब्रमविरुद्ध निर्णायक गोल गरेर चेल्सीको लागि उपाधि पक्का गरेका फरवार्ड मिसी बासुआइले ४९औं मिनेटमा चेल्सीको अग्रता दोब्बर पारेका थिए। तर, त्यसको केहि मिनेटमै वाटफर्डका ड्यारील यानमाटले उत्कृष्ट गोल गर्दै वाटफर्डलाई खेलमा फर्काए। ७१औं मिनेटमा ओकाकाले गोल गर्दै खेललाई फेरी बराबरीमा ल्याएका थिए। तर, निर्धारीत समय सकिन २ मिनेट बाँकी हुँदा सेस फाब्रीगासले गोल गर्दै चेल्सीको जित सुनिश्चित पारे।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]