8 years ago
May 15, 2017
सन् १८९९ सेप्टेम्बर ४ तारिखका दिन खुलेको टोटेनहम हट्स्परको घरेलु मैदान व्हाइट हार्ट लेनको ढोका १४ मे, २०१७का दिन सदाका लागि बन्द भयो। लेनमा खेलिएको पहिलो खेलमा सुखद सुरुवात गरेको टोटेनहमले अन्तिम खेलमा पनि उत्कृष्ट नतिजा हात पार्यो। नट्स काउन्टीविरुद्ध ४-१को जित संग सुरु भएको व्हाइट हार्ट लेनसंगको सहयात्रा म्यानचेस्टर युनाईटेड विरुद्धको २-१को जितमा आएर टुंगियो।
अन्तिम खेल मात्र हैन मैदानको अन्तिम सिजनमै टोटेनहमले घरेलु मैदानमा अद्भुत प्रदर्शन गर्यो। लिगका १९ खेल मध्ये १७ खेल जित्दै २मा बराबरी गरेको टोटेनहमले दोश्रो स्थानमा लिगको अन्त्य गर्यो। प्रिमिएर लिग इतिहासकै उत्कृष्ट स्थानमा रहेको टोटेनहमले सर्वाधिक अंक, सर्वाधिक गोल र उत्कृष्ट डिफेन्सको रेकर्ड पनि यहि सिजनमा रच्यो।
समग्रमा टोटेनहमले यस मैदानमा २ लिग उपाधि जित्न सफल रह्यो। सन् १९५०/५१ सिजनमा म्यानचेस्टर युनाईटेडलाई पछि पार्दै अल्फ राम्जी र बिल निकल्सन सम्मिलित टोलीले पहिलो लिग उपाधि जितेको थियो। निकल्सनकै प्रशिक्षक्त्वमा स्पर्सले १९६१मा लिग र कपको दोहोरो सफलता हात पार्यो। यसै सफलताका कारण निकल्स्नलाई टोटेनहमका सर्वाधिक सफल व्यक्तित्वको रुपमा हेरिने गर्दछ।
क्लबले घरेलु मैदानमै २ पटक यूईएफा कपको उपाधि पनि जितेको छ। मार्टिन चिभर्सको २ गोलको मद्दतले स्पर्सले सन् १९७२मा पहिलो पटक युइएफा कप जित्यो भने दोश्रो पटक १९८४मा गोलरक्षक टोनी पार्क्सको उत्कृष्ट प्रदर्शनले पेनाल्टीमा आन्द्रेलेलाई पराजित गर्दै दोश्रो उपाधि जित्यो। उक्त फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक रहेका ग्राहम रोबर्ट्सले टोटेनहमको कप्तानी गरेका थिए। उनलेनै स्पर्सका लागि फाइनलको एकमात्र गोल गरेका थिए।ग्रहम
ग्राहम रोबर्ट्स १९८४ फाइनलमा
त्यसो त घरेलु प्रतिद्वन्द्वी आर्सनलले पनि यसै मैदानमा २ पटक उपाधि जितेको इतिहास छ। सन् १९७०/७१ र सन् २००४मा आर्सनल ले यसै मैदानमा आफ्नो लिग उपाधि उठाएको थियो।
उसले सन् २००८ ताका आर्सनललाई लिग कपको खेलमा ५-१ले पराजित गरेको सुखद नतिजा पनि आत्मसात गरेको छ। त्यसै सिजनमा टोटेनहमले चेल्सीलाई फाइनलमा पराजित गर्दै लिग कपको उपाधि जितेको थियो। उसले त्यसपछि फाइनलमा पुगेपनि कुनै प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
कुल २५३२ खेल खेलिएको यस मैदानमा टोटेनहमले १४ सय ७१ जित दर्ता गर्यो भने ४ सय ९६ पटक हारको सामना गर्नुपर्यो। ५ सय ६५ खेल बराबरी भएको यस मैदानमा टोटेनहमले ५ हजार २ सय ७० गोल प्रहार गर्दै २ हजार ७ सय ९७ खाएको थियो।
व्हाइट हार्ट लेनको अन्त्यसंगै टोटेनहमले अर्को सिजन इङ्गल्याण्डको राष्ट्रिय रंगशाला वेम्बलीमा खेल्नेछ। उसले यस सिजनको युरोपियन कपका खेलहरु यसै मैदानमा खेलेको थियो। यहाँ खेल्दा राम्रो नतिजा नआएकाले समर्थकमाझ वेम्बलीमा स्पर्स त्यति फस्टाउन सकेको छैन। त्यसैले २०१८/१९को सिजनमा स्पर्स आफनै नयाँ मैदानमा आउने पक्का छ।
व्हाइट हार्ट लेनसंगै टोटनहमको नयाँ रंगशालाको निर्माण कार्य सुरु भइसकेको छ। करिब ३६ हजार ३ सय समर्थक क्षमता भएको व्हाइट हार्ट लेनको ठाउँमा अब ६१ हजार समर्थक अटाउनेछन्। नयाँ रंगशालामा पुगेसंगै क्लबले पनि मैदान बाहिरको आर्थिक र मैदान भित्र फुटबलमै राम्रो नतिजा ल्याएर क्लबले कोल्टे फेर्ने विश्वास क्लबका अध्यक्ष ड्यानीएल लेभीले राखेका छन्। उनकै आगमन पछि क्लबले आधुनिक युगमा सफलता प्राप्त गरेको विश्लेषक र समर्थकहरुको बुझाइ छ।
टोटेनहमको निर्माणाधीन नयाँ रंगशाला
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]