8 years ago
May 15, 2017
लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनहम हट्स्परको घरेलु मैदान व्हाइट हार्ट लेनमा भएको खेलमा २-१को पराजय भोगेको छ।
खेलको छैठौं मिनेटमा भिक्टर वानयामाले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले बेन डेभिसले छोटो कर्नरबाट दिएको क्रसलाई सजिलै गोलमा परिणत गरेका थिए। पहिलो हाफमा दबाबमा रहेको युनाईटेडले दोश्रो हाफमा पनि राम्रो सुरुवात लिन सकेन। ह्यारी केनले ४८औं मिनेटमा स्पर्सको अग्रता दोब्बर पारेका थिए। उनले क्रिस्टियन एरिक्सनको फ्रिकिकमा गोलरक्षकलाई दुविधामा पार्दै गोल गरेका थिए।
युनाईटेडका कप्तान वायन रुनीले खेलको ७१औं मिनेटमा एन्थोनी मार्सियलको पासलाई सदुपयोग गर्दै गोल गरेपछि जोसे मौरिन्होको टोलीले खेलमा फर्कने आशा जगाएको थियो। तर दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल २-१मा सकियो।
यस जितसंगै टोटेनहमले लिग तालिकामा आफ्नो दोश्रो स्थान पक्का गरेको छ भने म्यानचेस्टर युनाईटेडले शीर्ष ४ मा नअटाउने निश्चित भएको छ। यो टोटेनहमको घरेलु मैदान व्हाइट हार्ट लेनमा खेलिएको अन्तिम खेल पनि थियो। यससंगै टोटेनहमले अर्को सिजन वेम्ब्लीमा खेल्ने र त्यसपछि नयाँ मैदानमा आउनेछ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]