8 years ago
May 15, 2017
एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारको ह्याट्रिकको मद्दतले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ४-१ले पराजित गरेको छ।
खेलको २५औं मिनेटमा लुइस सुआरेजको पासलाई सदुपयोग गर्दै नेयमारले बार्सालाई अग्रता दिलाएका थिए। त्यसको २ मिनेट नबित्दै नेयमारले दिएको पासमा सुआरेजले गोल गर्दै खेलमा बार्सिलोनाको अग्रता दोब्बर पारे।
दोश्रो हाफको ६३औं मिनेटमा केभिन प्रिन्स बोटेङको पासमा पेड्रो बिगासले गोल गरेपछि घरेलु टोलीको खेलमा फर्कने आशा पलाएको थियो। तर, नेयमारले ४ मिनेटको अन्तरमा २ गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाको जित सुनिश्चित भएको थियो।
उनले राकिटिचको पासमा ६७औं मिनेट र जोर्डी अल्बाको पासमा ७१औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।
यस जितसंगै बार्सिलोना र रियल अंक तालिकामा समान अंक लिएर क्रमश: पहिलो र दोश्रो स्थानमा छन्। रियलले बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको छ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]