8 years ago
May 15, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदानमा भएको खेलमा ४-१को जित हात पारेको छ।
खेलको १०औं मिनेटमा नाचो फर्नान्डेजको गोलमा रियलले अग्रता बनाएको थियो। मार्को एसेन्सियोलाई फल हानेपछि पाएको फ्रिकिकलाई उनले चाडैं गोलको दिशा दिंदा सेभिल्लाका गोलरक्षकले मुकदर्शक बनेका थिए। खेलको २३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेलमा रियलको अग्रता दोब्बर पारे।
दोश्रो हाफको सुरुवातमै स्टेफन योभेटिचले भिटोलोको पासलाई सदुपयोग गर्दै खेलमा सेभिल्ला फर्कने संकेत दिएका थिए। तर, रोनाल्डोले ७८औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै खेलमा २ गोलको अग्रता पुन:स्थापना गरे। टोनी क्रुसले ८४औं मिनेटमा गोल गर्दै म्याड्रिडको जित सुनिश्चित गरेका थिए।
जितसंगै बार्सिलोना र रियल अंक तालिकामा समान अंक लिएर क्रमश: पहिलो र दोश्रो स्थानमा छन्। रियलले बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको छ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]