8 years ago
May 14, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती हुने खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबाउमा सेभिल्लाको सामना गर्दैछ।
अंक तालिकामा चौथो स्थानमा रहेको सेभिल्ला च्याम्पियन्स लिगको लागि लगभग छनोट भइसकेको अवस्थामा रियल म्याड्रिडको उपाधि यात्रामा रोक लगाउने सेभिल्लाको प्रयास हुनेछ। शीर्ष २ स्थान ओगटेका म्याड्रिड र बार्सिलोनाको समान अंक छ भने म्याड्रिडले १ खेल कम खेलेको छ।
यस खेलका लागि रियल म्याड्रिडका ग्यारेथ बेल र ड्यानी कार्भाजल चोटका कारण उपस्थित हुने छैनन्। बेलको स्थानमा इस्को र कार्भाजलको ठाउँमा नाचो वा ड्यानिलोले खेल्नेछन। सेभिल्लाको लागि डिफेन्डर बेनोइट ट्रेमोलिनास र पाब्लो सरबिया उपलब्ध छैनन्। ट्रेमोलिनस चोटका कारण विश्राममा छन् भने सरबिया प्रतिबन्धका कारण यस खेलमा अनुपस्थित रहनेछन्।
यी दुइ टोलीबिचको पछिल्लो लिग खेलमा सेभिल्लाले अन्तिम मिनेटमा गोल गर्दै २-१को जित हासिल गरेको थियो।
रियलले सेभिल्लासंग घरेलु मैदान खेलेका पछिल्ला ११ मध्ये १० खेलमा जित हात पारेको छ। सेभिल्लाले ला लिगामा आफुले खेलेका पछिल्ला पाँच अवे खेलमा जित हात पार्न सकेको छैन।
खेल नेपाली समयानुसार आज राती ११:४५ बजे हुनेछ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]