default_image

8 years ago

May 14, 2017

आर्सनलको सहज जित

122 views

0 Bookmark

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनलले स्टक सिटीलाई उसकै घरेलु मैदानमा ४-१को फराकिलो अन्तरले पराजित गरेको छ।

खेलको ४२औं मिनेटमा हेक्टर बेलेरिनको पासलाई सदुपयोग गर्दै ओलिभिएर जिरूडले आर्सनललाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ५५औं मिनेटमा एलेक्सिस स्यान्चेजको पासमा मेसुट ओजिलले गोल गर्दै २ गोलको अग्रता बनाए।

पिटर क्राउचले हेडीङ्ग गर्ने प्रयासमा बललाई हातले जाली चुमाएपनि उक्त गोल रेफ्रीले दिएपछि खेलमा स्टोकको फर्कने आशा पलाएको थियो। तर ७६औं मिनेटमा स्यान्चेजले पुन: गोल गर्दै खेलमा आर्सनललाई २ गोलको अग्रता दिलाए। जिरुडले पुन: ८०औं मिनेटमा गोल गर्दै आर्सनलको जित सुनिश्चित पारेका थिए।

शीर्ष ४ मा पर्ने होड रोमान्चक बन्दै जाँदा आर्सनलले जितसंगै आफुभन्दा माथि रहेका २ टोलीमाथि दबाब कायम गरेको छ। पाँचौ स्थानमा रहेको आर्सनलको ३६ खेलमा ६९ अंक छ भने लिभरपुल ७०मा चौथो र सिटि ७२ अंक लिएर तेश्रो स्थानमा छन्।

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.