8 years ago
May 14, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-१ले पराजित गर्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ।
खेलको २९औं मिनेटमा लेरोए सानेको पासलाई सदुपयोग गर्दै डेविड सिल्भाले म्यानचेस्टर सिटिलाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेट नबित्दै सानेलाई बक्सभित्र लडाएपछि सिटीले पेनाल्टीको मौका पाएको थियो। ग्यब्रिएल जेससले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई २ गोलको अग्रता दिलाए। पहिलो हाफ सकिनुअघि लेस्टरले पनि खेलमा फर्कने आशा देखायो। खेलको ४२औं मिनेटमा मार्क अल्ब्राईटनको पासमा सिन्जी ओकाजाकीले गोल गर्दै अग्रता घटाएका थिए।
दोश्रो हाफमा लेस्टरले पेनाल्टीको मौका पाएपनि रियाद माहरेजले त्यसको सदुपयोग गर्न सकेनन्। ७२औं मिनेटमा उनले प्रहर गरेको पेनाल्टीले जाली चुमेपनि उनले पेनाल्टी प्रहार गर्दा खुट्टा चिप्लिएर दुई पटक बल छोएका भन्दै रेफ्रीले त्यसलाई अमान्य घोषित गरेका हुन्।
जितसंगै म्यानचेस्टर सिटिले लिभरपुललाई अंक तालिकामा उछिनेको छ। सिटीको ३६ खेलमा ७२ अंक छ भने लिभरपुल समान खेलमा ७० अंक लिएर चौथो स्थानमा रहेको छ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]