8 years ago
May 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल महिला राष्ट्रिय फुटबल टोलीले यहि जेष्ठ ८ र १० गतेका दिन मलेसियाको राष्ट्रिय महिला टोलीसंग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघले यसअघि १ खेल खेल्ने भनेपनि एन्फाको विशेष आग्रहमा मलेसियाले २ मैत्रीपूर्ण खेल खेल्न सहमत भएको बताएको छ। दुवै खेल मलेसिया स्थित कोटा किनाबालुको लिकास रंगशालामा खेलीनेछ।
नेपालले डिसेम्बर महिनामा भएको मैत्रीपूर्ण खेलमा मलेसियालाई १-०ले पराजित गरेको थियो। उक्त खेलमा सावित्र भण्डारीले नेपालको लागि विजयी गोल गरेकी थिइन्।
प्रशिक्षक कुमार थापाको नेतृत्वमा नेपाली टोली हाल दैनिक एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षणरत रहेको छ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]