8 years ago
May 13, 2017
बार्सिलोना (एजेन्सी) – फुटबल क्लब बार्सिलोनाका प्रवक्ता जोसेप भिभेसका अनुसार लियोनेल मेस्सी छिट्टै बार्सिलोनासंग नयाँ अनुबन्धनमा हस्ताक्षर गर्ने तयारीमा छन्।
२९ वर्षीय अर्जेन्टिनी फुटबलर मेस्सीको जारी करार अर्को वर्षको जुन महिनामा समाप्त हुँदैछ र बार्सिलोनाले केहि समयदेखि मेस्सीसंग यसबारे कुरा गरिरहेको छ। कुनै समय मेस्सीले पेप गुआर्डीओलासंगै म्यानचेस्टर सिटि जाने हल्ला चलेको थियो भने पेरिस सेन्ट जर्मनका मालिकले मेस्सीले चाहेको खण्डमा आफु जति पैसा खर्च गर्न पनि तयार रहेको अभिव्यक्ति दिएका थिए।
मेस्सीले लामो समयदेखि आफ्नो करियर अर्जेन्टिनाको क्लब नेवेल ओल्ड ब्वाइजमा सकाउने योजना बनाएका छन्। मेस्सी नेवेल ओल्ड ब्वाइजबाट बार्सिलोना आइपुगेका थिए। तर, उनले अझै केहि वर्ष युरोपमै खेल्ने र बार्सिलोना नछाड्ने पक्का रहेको बार्सिलोनाले बताउँदै आएको छ।
मेस्सीले बार्सिलोनासंग नयाँ सम्झौताअनुसार प्रत्यक हप्ता ४ लाख ८५ हजार पाउण्ड कमाउनेछन्। उनले पाउने पैसा ट्याक्स तिरेपछि बाँकी हुन आउने रकम हुनेछ। मेस्सीले केहि समयदेखिनै कुरा भएपनि सम्झौता गर्न भने केहि समय लिएको बार्सिलोनाका प्रवक्ता जोसेपलले बताए।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]