default_image

10 years ago

October 19, 2015

एएफसीले सागरसहित पाँचै जनालाई निलम्बन गर्यो

119 views

0 Bookmark

काठमाडौं, कात्तिक २- एसियाली फुटबल महासंघले (एएफसी) को अनुशासन समितिले म्याक्स फिक्सिड्को आरोप लागेका नेपाली राष्ट्रिय टोलिका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा पूर्व खेलाी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई अस्थायी निलम्बन गरेको छ ।

nepal fixing players
एएफसी, स्पोर्टस राडर र नेपाल प्रहरीको संयुक्त पहलमा आरोपित खेलाडी सन् २००८ यता विभिन्न अन्तर्राष्ट्यि खेलमा मिलेमतो गरेको पत्ता लागेको दाबी गरिएको छ । बिहीबार पक्राउ परेका उनीहरुले गल्ति स्वीकारेको नेपाल प्रहरी दाबी गरेको छ । अनुसन्धान जारी रहेकोले आरोपित खेलाडीमाथि अझै २० दिनको निलम्बन थप्न सकिने एएफसीले जनाएको छ । एएफसीले निलम्बनलाई खेल मिलेमतोमा आफ्नो शून्य सहनसिलताको उदाहरण भएको बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुसन्धानलाई सघाउने भन्दै पाँच खेलाडीलाई फुटबलका सबै गतिविधिबाट निलम्बन गरिसकेको छ ।

May 1, 2025

इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

May 1, 2025

अल नासर च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]

Success

Thank you for your time.