8 years ago
May 12, 2017
एजेन्सी – आँधीका कारण हुन नसकेको रियल म्याड्रिड र सेल्ट भिगो बिचको ला लिग अन्तर्गतको खेल हुने पक्का भएको छ।
ला लिगाको आयोजना कमिटिले उक्त खेललाई यहि मे १७ तारिखमास्पेनको समय अनुसार राती ९ बजे गर्ने निर्णय लिएको हो। नेपाली समयानुसार उक्त खेल मे १८ तारिखको बिहान १२:४५ बजे हुनेछ।
लिगको उपाधि पछ्याइरहेका रियल म्याड्रिडले बार्सिलोनाभन्दा १ खेल कम खेलेका कारण अहिले दुवै टोलीको बराबर अंक रहेको छ। यस खेल खेलेसंगै दुवै टोलीको समान खेल हुनेछ र अन्तिम लिग चरण अगावै लिग समीकरणको टुंगो लाग्नेछ।
रियल र सेल्टा बिचको लिगमा भएको पहिलो खेलमा रियल म्याड्रिडले २-१को कठिन जित दर्ता गरेको थियो। उक्त खेलमा टोनी क्रुसको गोलले रियलले जित हासिल गरेको थियो। यस सिजनको कोपा डेल रेमा रियलले सेल्टासंग पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]