default_image

8 years ago

May 12, 2017

युनाईटेड र आयाक्स युरोपा उपाधिको लागि भिड्ने

140 views

0 Bookmark

एजेन्सी – युरोपा लिग अन्तर्गत सेमिफाइनल खेलमा जित हात पारेसंगै युरोपियन फुटबलका दुइ ठुला टोली म्यानचेस्टर युनाईटेड र आयाक्स एम्स्टरड्याम उपाधिको लागि भिड्ने तय भएको छ।

म्यानचेस्टर युनाईटेडले सेल्टा भिगोलाई २-१ले हराउँदै फाइनलमा स्थान बनाएको हो भने आयाक्सले लियोनलाई समग्रमा ४-३ गोलअन्तर पराजित गरेको थियो। यस सिजनको फाइनल खेल स्विडेनको स्टकहममा हुने हुँदैछ। मे २४ तारिखमा हुने फाइनल खेलमा स्विडिस स्ट्राइकर ज्लाटन इब्रहिमोभिच भने उपस्थित हुने छैनन्।

गत सिजन देखि युरोप लिग विजेता टोलीले च्याम्पियन्स लिगमा स्थान पाउने भएसंगै प्रतिस्पर्धा थप रोमान्चक हुँदै गएको फुटबल विश्लेषकहरुले बताएका छन्। लिगको छैठौं स्थानमा रहेको युनाईटेडले युरोप लिग जितेर अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्ने सुरमा रहेको छ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.