8 years ago
May 12, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आज राती हुने वेष्ट ब्रमविच आल्बियनविरुद्ध खेलमा जीत हात पार्न सके चेल्सीले यस सिजनको प्रिमियर लिग उपाधि जित्ने पक्का हुनेछ।
वेष्ट ब्रमको घरेलु मैदान ‘द हथ्रन्स’मा खेलिने खेलमा चेल्सीका लागि मिडफिल्डर एन’गोलो कान्टे खेल्नेमा भने शंका छ। उनले चेल्सीले खेलेको पछिल्लो खेल चोटका कारण गुमाएका थिए। यसैगरी प्रशिक्षक एन्टोनियो कोन्टेले विलियनलाई सुरुवाती एघारमा सामेल गरेर पेड्रोलाई विश्राम दिने सम्भावना पनि रहेको छ।
चेल्सी ३५ खेलमा ८४ अंक बोकेर प्रिमियर लिगको शीर्षस्थानमा रहेको छ। दोश्रो स्थानमा रहेको टोटेनहमको समान ३५ खेलमा ७७ अंक रहेको छ। आजको खेलमा ३ अंक हात पार्न सके चेल्सीले स्पर्सको ३ खेल बाँकी रहँदा १० अंकको अग्रता बनाउनेछ। प्रिमियर लिगको यसै साता हुने खेलमा टोटेनहमले म्यानचेस्टर युनाईटेडको समान गर्दैछ।
चेल्सी र वेष्ट ब्रमबिचको खेल मध्यरातको १२:४५ बजे सुरु हुनेछ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]