8 years ago
May 11, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत बुधबार राती भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई २-०ले पराजित गरेसंगै अंक तालिकाको शीर्ष ४को लडाईं पनि रोमांचक हुँदै गएको छ।
साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलको ६०औं मिनेटमा एलेक्सिस स्यानचेजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। नियमित समयको ७ मिनेट खेल बाँकी रहँदा ओलिभिएर जिरुडले गोल गरेपछि आर्सनलको जित पक्का भएको थियो।
यस जितसंगै आर्सनलले म्यानचेस्टर युनाईटेडलाई उछिन्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। समान ३५ खेल खेलेको युनाईटेडको ६५ अंक छ भने आर्सनलको ६६ अंक रहेको छ। म्यानचेस्टर सिटीले ३५ खेलमा ६९ अंक जोडेको छ भने तेश्रो स्थानमा रहेको लिभरपुलले ३६ खेल खेल्दै ७० अंक बनाएको छ।
शीर्ष ४ स्थानमा पर्ने टोलीले अर्को वर्ष च्याम्पियन्स लिगमा सहभागिता जनाउन पाउनेछन् भने पाँचौ र छैठौं स्थानमा रहने टोलीले युरोप लिगमा चित्त बुझाउनु पर्नेछ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]