default_image

8 years ago

May 10, 2017

महिला फुटबल टोलीको प्रशिक्षण तीव्र

176 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण तीव्र गतिमा जारि रहेको छ।

नेपालले जेष्ठ ९ गतेका दिन मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघले जनाएको छ। मलेसियामा हुने खेलका लागि कुमार थापाको प्रशिक्षक्त्वमा हाल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा राष्ट्रिय फुटबल टोली प्रशिक्षणरत छ।

चुनावका कारण पुलिस क्लबका खेलाडी बाहेक २४ खेलाडीले हाल दैनिक प्रशिक्षणमा भाग लिइरहेका छन्।

प्रशिक्षणका केहि तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

Success

Thank you for your time.