8 years ago
May 10, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। पहिलो लेगमा रियल म्याड्रिड ३-०ले विजयी रहेको थियो।
रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि बेन्चबाट आएर खेलमा प्रभाव पार्ने धुनमा हुनेछन्। ड्यानी कर्भाजाल पनि चोटका कारण उपलब्ध रहने छैनन्।उनको ठाउँमा नाचो फर्नान्डेज खेल्नेछन्।
गोलरक्षकको भुमिकामा केलर नाभास रहनेछन् भने राफेल भारान र सर्जियो रामोसले सेन्टर डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन्। नाचोले राइट डिफेन्समा खेल्नेछन् भने लेफ्ट डिफेन्समा मार्सेलो कायमै रहनेछन्।
टोनी क्रुज, कासेमिरो र लुका मोड्रीचले मिडफिल्ड सम्हाल्नेछन्। इस्को, क्रिस्टियानो रोनाल्डो र करीम बेन्जेमाले आक्रमण सम्हाल्नेछन्।
नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]