8 years ago
May 10, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। यी दुइ टोलीबिचको पहिलो लेगको खेलमा रियल ३-०ले विजयी रहेको थियो।
एकै सहरका यी दुइ टोली बिचको आज हुने खेल एटलेटिको म्याड्रिडको घरेलु मैदान भिसेंटे क्यालेड्रोनमा हुँदैछ। रियल म्याड्रिडलेआफ्नो घरेलु मैदानमा भएको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले ३-०को जित दर्ता गरेको थियो।
रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि सुरुवाती ११मा पर्ने सम्भावना उत्तिकै छ। यसैसाता ग्रानाडाविरुद्ध जितमा विश्राम पाएका मुख्य खेलाडीहरु सुरुवाती ११ मा पर्ने लगभग पक्का छ।
एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने दुविधा छ, यदि उनले खेल्न नसके उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्।
एटलेटिको आफ्नो पछिल्ला १२ च्याम्पियन्स लिग खेलमध्य १० खेलमा अपराजित रहेको छ। उता रियलको पछिल्लो ११ च्याम्पियन्स लिग खेलमा प्रत्यक खेलमा २ गोल भन्दा बढी भएको छ। पछिल्ला ३ वर्षयता च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको यात्रा रियललेनै अन्त्य गरेको छ। पछिल्ला ३ सिजनमा रियलले २ पटक एटलेटिकोलाई फाइनलमा हराएको छ।
नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]