8 years ago
May 10, 2017
टुरीन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनल चरणको दोश्रो लेगमा २-१को जितसंगै समग्रमा ४-१को अग्रता लिंदै इटालीयन क्लब युभेन्टस प्रतियोगिताको फाइनलमा पुगेको छ।
युभेन्टस घरेलु मैदानमा भएको खेलमा मारीयो मान्जुकिचले ३३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको नियमित समय सकिनै लाग्दा ड्यानी आल्भेसले गोल गरेर युभेन्टसको अग्रता दोब्बर पारेका थिए।
च्याम्पियन्स लिगको पछिल्ला ६ खेलमा गोल नखाएको युभेन्टसले खेलको ६९औं मिनेटमा गोल खायो। किलिएन बाप्पेले जोआओ मोउटिन्होको पासलाई सदुपयोग गर्दै मोनाकोका लागि सान्तवना गोल गरेका थिए।
जितसंगै युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ र उसले रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बिचको खेलको विजेता संग उपाधिको लागि भिड्नेछ।
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]