default_image

8 years ago

May 9, 2017

इब्राहिमोभिचको तलब सार्वजनिक

97 views

0 Bookmark

जर्मनी (एजेन्सी) – जर्मनीका पत्रकारहरुले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको तलब सार्वजनिक गरेका छन् । उनीहरुको दावी अनुसार युनाइटेडका स्ट्राइकरले एक बर्षमा १९ मिलियन पाउण्ड कमाउछन् ।

जर्मनीमा प्रकाशित ‘फुटबल लिक्स’ नामक किताब अनुसार ज्लाटनले साताको ३ लाख ६७ हजार पाउण्ड(करिब ५ करोड नेपाली रुपैंया) कमाउछन्। उक्त रिपोर्टका अनुसार यो तलब संसारका सबैभन्दा महँगा खेलाडी पल पोग्बाको तलबभन्दा दुई गुणा बढी हो । पोग्बाले साताको १ लाख ६५ हजार पाउण्ड कमाउने उक्त किताबमा उल्लेख छ ।

फ्रान्सको पीएसजीमा आफ्नो सम्झौताको अन्त्य पछि ज्लाटन युनाइटेडसँग आबद्ध भएका थिए भने पोग्बालाई युनाइटेडले कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्टसबाट खरिद गरेको थियो ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.