default_image

8 years ago

May 9, 2017

किरणको टोली टि.सी. स्पोर्ट्स पराजित

90 views

0 Bookmark

माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्सले दोस्रो हारको सामना गरेको छ । किरणले खेलको पुरा समय खेलेका थिए ।

तस्बिर : maldivesoccer.com

घरेलु मैदानमा टि.सी. स्पोर्ट्सले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटसँग ३-१ को हार व्यहोरेको हो । खेलको पहिलो हाफमा सोबोल इलियाले दुइ गोल गर्दै पाहुना टोलीलाई २ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफको ७२ मिनेटमा माहुदीले गोल गर्दै टि.सी. स्पोर्ट्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर रिजुहानले ८१ मिनेटमा गोल गर्दै ग्रिन स्ट्रिटको जित सुनिश्चित गरेका थिए ।

जितसंगै ग्रिन स्ट्रिट तेस्रो स्थानमा उक्लेको छ भने टि.सी. स्पोर्ट्स चौथो स्थानमा झरेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.