default_image

8 years ago

May 9, 2017

चेल्सीको उपाधितर्फ नजिकिंदै

112 views

0 Bookmark

एजेन्सी – इंगलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको छ। जीतसँगै पहिलो स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहामसँगको अंक दुरी ७ अंकको बनाएको छ।

खेलको २३ औँ मिनेटमा डिएगो कोष्टाले गोल गर्दै अग्रता दिलाएका थिए भने मार्कोस अलोन्सोले ३४ औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए। नेमान्जा माटिचले ६५ औँ मिनेटमा गोल गर्दै चेल्सीको जित सुनिश्चित पारेका थिए ।

यस हारसंगै मिडिल्सब्रो अर्को सिजन तल्लो डिभिजनमा घटुवा हुने पनि पक्का भएको छ। लिगको तीन खेल बाँकी छँदा चेल्सीको ३५ खेलबाट ८४ अंक छ । दोस्रो स्थानको टोटेनहमको ७७ अंक छ । अर्को खेलमा जित हात परेको खण्डमा चेल्सीले उपाधि पक्का गर्नेछ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.