8 years ago
May 8, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड नेयमारको सहायक प्रशिक्षक जुआन कार्लोस उन्जुएसंग मतभेद भएपछि प्रशिक्षण टोलीका एक सदस्यले नेयमारलाई फुटबलमा ध्यान दिन सल्लाह दिएका छन्।
स्पेनी पत्रिका मार्साका अनुसार उन्जुएले नेयमारलाई खेलको रणनीतिक योजनाबारे सम्झाउन खोज्दा नेयमारलाई चित्त नबुझेको र मतभेद बढेपछि प्रशिक्षण टोलीका सदस्यले उनीहरुको कुराकानी रोकेका थिए। उक्त घटना पश्चात नेयमार खिस नभएको र पछि ड्रेसिङ रुममा गएर पनि यसबारे छलफल गरेको मार्साले जनाएको छ।
अन्य सस्पेनी पत्रिकाले पनि यस घटनालाई सत्य बताएका छन्। भिल्लारीयालविरुद्धको खेल अघि भएको यस घटनाले उनको खेलमा भने केहि असर परेन। नेयमारले भिल्लारीयाल विरुद्ध १ गोल र १ अस्सिट प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले यस सिजन १६ गोल गर्दै २४ असिस्ट प्रदान गरेका छन्। बार्सिलोनाका प्रशिक्षक लुइस एन्रिकेले पनि उनको खेलको तारिफ गरेका थिए।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]