9 years ago
October 18, 2015
राष्ट्रिय लिग २०७१को उपाधि विजेता थ्री स्टार क्लबले आज ललितपुर नगर परिक्रमा गर्दै विजयी र्यालीको आयोजना गर्यो|
दिनको साढे तिन बजेतिर सुरु भएको र्याली क्लबको कार्यालय मंगलबजार बाट सुरु भएर पाटनको सुन्धारा हुदैं लगनखेल – कुमारीपाटि – जावलाखेल – पुल्चोक र फेरी मंगलबजार आएर टुंगिएको थियो| पाटन दरबार स्क्वाएरमा एक कार्यक्रममा टोलीलाई सम्मान पनि गरियो| र्यालीमा खेलाडी, प्रशिक्षक, अफिसियल लगाएत फ्यानहरुको उपस्थिति बाक्लै थियो|
मनांगलाई अन्तिम खेलमा २-०ले हराउदै थ्री स्टारले राष्ट्रिय लिगको उपाधि जितेको हो| यो थ्री स्टारको पहिलो राष्ट्रिय लिग उपाधि हो भने क्लबले ए डिभिजन भने चारपटक जितिसकेको छ| अन्जन केसी प्रशिक्षक रहेका क्लबमा छ खेलपछि राजेन्द्र तामांगले जिम्मेवारी लिएका थिए|
लिग अवधिभर जम्मा एक खेल हारेको थ्री स्टार आर्मी र मनांगलाई पछि पार्दै लिग जित्न सफल भएको हो|
फोटो:[साभार: फेसबुक(वि आर स्टार)]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]
April 10, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]