8 years ago
May 7, 2017
लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई २-०ले पराजित गरेको छ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। दोश्रो हाफको ५४औं मिनेटमा ग्रानिट झाकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ५७औं मिनेटमा युनाईटेडका पूर्व खेलाडी ड्यानी वेलबेकले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए। यो जोसे मोउरिन्होको आर्सेन वेङ्गर विरुद्धको पहिलो हार हो।
जित संगै आर्सनलको ३४ खेलमा ६३ अंक भएको छ भने एक स्थान माथि रहेको युनाईटेड ३५ खेलमा ६५ अंक लिएर पाँचौ स्थानमा बसेको छ।
यसैगरी, तेश्रो स्थानमा रहेको लिभरपलले ३६ खेलमा ७० अंक जोडेको छ भने म्यानचेस्टर सिटि ३५ खेलमा ६९ अंक बोक्दै चौथो स्थानमा छ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]