8 years ago
May 7, 2017
ब्राजिल (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडले १६ वर्षीय ब्राजिलियन खेलाडी भिनिसियस जुनियरलाई आफ्नो क्लबमा भित्र्याउने भएको छ। ब्राजिलका सर्वोत्कृष्ट युवा खेलाडीका रुपमा हेरिएका भिनिसियसलाई क्लबमा ल्याउन म्याड्रिडले ४५ मिलियन युरो खर्चने भएको हो।
ब्राजिलियन पत्रिका ग्लोबोस्पोर्टले जनाए अनुसार रियलले अन्य ठुला युरोपियन क्लबलाई पछि पार्दै भिनिसियसलाई भित्र्याउन सकेको हो। हाल १६ बर्ष रहेका भिनिसियसले १८ वर्ष पुगेपछि मात्र म्याड्रिडमा आउन पाउनेछन्। हाल फ्लामेङ्गोबाट खेलिरहेका भिनिसियसलाई भित्र्याउन रियलले एजेन्ट फी र तलब समेत जोडेर कुल ६१ मिलियन युरो खर्चने भएको हो।
बार्सिलोनाले पनि भिनिसियसलाई आफ्नो क्लबमा ल्याउन प्रस्ताब राखेको थियो। तर, बार्सिलोनाको तुलनामा रियलले बढी पैसा दिने भएपछि उनि रियलमा जाने भएको हुन्।
भिनिसियस दक्षिण अमेरिकी अन्डर -१७ च्याम्पीयनसिप अन्तर्गत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र प्रतियोगिताको विजेता रहेका थिए।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]