default_image

9 years ago

October 18, 2015

प्रशिक्षणमा ३९ खेलाडी डाकियो,जुमनु परेनन्

116 views

0 Bookmark

एन्फाले आगामी डिसेम्बरमा हुने साफको तयारीको लागि ३९ सदस्यीय टोलि घोषणा गरेको छ| कप्तान सागर थापा र सन्दिप राईसंगै रितेश थापा प्रहरी हिरासतमा रहेकाले केहि नयाँ अनुहार पनि समावेश भएका छन्|

Bimal Gharti Magar

आजबाटनै प्रशिक्षण सुरु गरेका प्याट्रिक ओजेम्सले ३९ खेलाडी बोलाएका छन्| तिन आरोपित खेलाडी बाहेक जुमानु राई पनि टोलीमा अटाएका छैनन्| केहि नयाँ अनुहार सामवेश यो टोलि लिगमा गरेको प्रदर्शनको आधारमा छनोट गरिएको हो|

पहिलो दिनमा केहि खेलाडी चोटका कारण प्रशिक्षण गरेनन्| दुइ दिन प्रशिक्षण गरेपछि खेलाडीहरुलाई दशैं विश्राम दिईनेछ| कार्तिक एघार देखि पुन: प्रशिक्षण सुचारु हुनेछ|

पूर्ण टोलि:

गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, विशाल श्रेष्ठ, अमृत चौधरी

डिफेन्डर: रञ्‍जित धिमाल, रबिन श्रेष्ठ, अमित तामांग, देवेन्द्र तामांग, जितेन्द्र कार्की, रमेश दंगाल, अनन्त तामांग, आदित्य चौधरी, युद्ध शाही, बिराज महर्जन, अजित भण्डारी, दिनेश राजबंशी

मिडफिल्डर: जगजित श्रेष्ठ, सुजल श्रेष्ठ, बिश्वाश श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, दिपक राई, विजय गुरुङ, टंक बस्नेत, टेक बहादुर बुढाथोकी

फरवार्ड: बिनोद कार्की, अन्जन बिष्ट, नवयुग श्रेष्ठ, रन्जन बिष्ट, अनिल गुरुङ, बिमल घर्ति मगर, कर्ण लिम्बु, भरत खवास

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

Success

Thank you for your time.