9 years ago
October 18, 2015
भर्खरै समाप्त भएको राष्ट्रिय लिगको अन्तिम दिन विभिन्न चार विधाको उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कार वितरण गरियो|
माघ महिनामा सुरु भएको लिग विविध कारणले गर्दा प्रत्येक टोलीको १६ खेल समापन हुन नौ महिना लाग्यो| सो अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउनुपर्ने पुरस्कारमा एन्फाको पक्षपात देखिएको छ|
त्रिभुवन आर्मी जारी लिगमा नवयुग श्रेष्ठको १४ गोलको मद्दतले सर्वाधिक गोल गर्ने टिम बन्यो| यसका साथै लिग अवधिभरका १६ खेलमा जम्मा ६ गोल खाएका आर्मीका गोलकिपर विकेशले ११ खेलमा कुनै गोल खाएनन्| झापा विरुद्ध डोमालालमा खाएको दुई गोलनै आर्मीको एक मात्र हार हो| आर्मीलाई कतिपय खेलमा निकै महत्वपुर्ण बचाउ गर्दै जित तर्फ डोर्याउने विकेश एन्फाको पक्षपाति छायाँमा परे| लिगमा १२ खेल मात्र खेलेका किरणले उत्कृष्ट गोलकिपरको उपाधि जित्दा उनि स्वयं चकित देखिन्थे| लिगमा केहि खेल नखेलेको, गल्तिहरु पनि भइरहेको र केहि फितलो गोल खाएका कारण किरणको प्रदर्शनलाई यो पटक उपाधिको हकदार नमान्न सकिन्थ्यो| त्यसो त झापाका दिनेश थापा मगरले पनि किरण भन्दा राम्रै प्रदर्शन गरेका थिए|
डिफेन्डरको कुरा गर्दा लिग अवधिभर आर्मीको डिफेन्सलाई सम्हालेका जितेन्द्र राष्ट्रिय टोलीका पनि भविष्य मान्न सकिन्छ| उनको प्रदर्शन पनि लिग अवधिभर उत्कृष्ट रह्यो| उनि खेलेको १५ खेलमा जम्मा ६ गोल खाएको आर्मीले १० खेलमा गोल खाएन| केहि खेलमा म्यान अफ द म्याच घोषित उनले एक गोल पनि गरेका छन्| हुन त लिग अवधिभर कार्ड नखाएका देवेन्द्रको प्रदर्शन पनि राम्रै थियो तर झापाको ठुला टिमसंगको डिफेन्सिभ प्रदर्शन निकै कमजोर देखिएको थियो|
मिडफिल्डरको कुरा आउनेबितिक्कै कोहि पनि लिग हेर्नेको दिमागमा केहि खेलाडीको नाम आउलान् जसमा विशाल राई धेरैको मस्तिष्कमा नआउलान्| १२ खेल खेलेका उनले केहि मात्र खेलमा पुरै ९० मिनेट खेल्न सके| झापा विरुद्धको दुई गोल गरेको खेल वाहेकमा राई औसत नै देखिए| उनको तुलनामा उपाधि विजेता टोलीका जगजित श्रेष्ठ र आर्मीका टेकबहादुर बुढाथोकि निकै राम्रा थिए र टोलीलाई गोल र अशिष्टबाट पनि साथ दिए| तिन खेलमा म्यान अफ द म्याच घोषित जगजितले ठुला टिमविरुद्ध निकै राम्रो प्रदर्शन गरे र लिग अवधिभरै उत्कृष्ट लयमा रहे| आर्मीका टेक बहादुर पनि गोल गर्ने सुचिको पहिलो पाँच नम्बरमै पर्छन्| यसबाहेक टोलीको कतिपय गोलमा उनको ठुलो हात छ| आर्मीको नवयुगलाई चम्काउनमा भरत, टेक र टंकले महत्वपुर्ण भुमिका निभाएका छन्|
उता उत्कृष्ट प्रशिक्षक बनेका राजेन्द्र तामाङले लिग उपाधि जित्ने टोलीको प्रशिक्षक नै उत्कृष्ट हुने प्रवृत्तिलाई जारी राखे| भुकम्प पछिको खेल मात्र सम्हालेका उनले हार भने व्यहोरेनन्| तर १६ खेलमा १मात्र हार व्यहोर्ने आर्मीका मेघराज केसी पनि त्यसका हकदार नै थिए| थ्रि स्टार विरुद्धको खेलमा गरेको व्यवहारका कारण अनुशासन कमिटिको सजाय पाएका कारण पनि उनलाई उपाधि नदिएको अनुमान लगाउन सकिन्छ|
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]
April 10, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]
April 10, 2025
एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]