8 years ago
May 7, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु टोली ग्रानाडालाई ४-० गोलअन्तरले पराजित गरेको छ। रियलले नियमित खेलाडीलाई विश्राम दिएको खेलमा सबै गोल पहिलो हाफमै सम्भव भएको थियो।
खेलको तेश्रो मिनेटमै हामेस रोड्रिग्वेजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेट नबित्दै फाबियो कोएन्ट्राओको पासमा रोड्रिग्वेजले दोश्रो गोल थपे। त्यसपछि ५ मिनेटको अन्तरालमा अल्भारो मोराटाले २ गोल गरेपछि म्याड्रिडको जित पक्का भएको थियो। उनले ३०औं मिनेटमा ड्यानिलो र ३५औं मिनेटमा मार्को एसेन्सियोको पासमा गोल गरेका थिए।
च्याम्पियन्स लिगको खेलका लागि मुख्य खेलाडीलाई विश्राम दिइएको खेलमा रियलका युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए। शीर्षस्थानमा रहेको बार्सिलोनासंग समान अंक बोकेको म्याड्रिडले १ खेल कम खेलेको छ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]