default_image

8 years ago

May 7, 2017

बार्सिलोना शीर्षस्थानमा यथावत; भिल्लारीयाल सहजै पराजित

112 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले भिल्लारीयाललाई ४-१ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो पकड कायमै राखेको छ। बार्सिलोनाको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने लुइस सुआरेज र नेयमारले पनि १/१ गोल थपेका थिए।

खेलको २१औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि त्यसको ९ मिनेट नबित्दै भिल्लारीयाल खेलमा फर्किएको थियो। रोबर्टो सोल्डाडोको पासमा सेड्रिक बकम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर, लिओनेल मेस्सीले ४५औं मिनेटमा गोल गर्दै हाफ टाइममा बार्सिलोनालाई २-१ अन्तरले अघि बढाए।

खेलको ६९औं मिनेटमा सर्जी रोबर्टोको पासलाई सदुपयोग गर्दै लुइस सुआरेजले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। खेलको ८२औं मिनेटमा जामे कोष्टाले बक्सभित्र ह्यान्ड गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। लिओनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए।

जितसंगै बार्सिलोनाको ८४ अंक भएको छ। शीर्षस्थानमा रहेको बार्सिलोनाले अब लिग अन्तर्गत २ खेल मात्र खेल्न बाँकी छ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.